काठमाडौं । मादक पदार्थ सेवन (मापसे)लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वंयसेवकको रूपमा सडकमा खटाइएको छ।
गृहमन्त्री रवि लामिछानेले घोषणा गरेको मापसे गरी सवारी चलाएर प्रकाउ परेकालाई ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवकका रुपमा खटाउने निर्णय आजैदेखि कार्यान्वयनमा ल्याइएको हो।
गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसका दिन जेठ १५ गते सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले महिनावारीका चार दिन सडकमा ड्युटी गर्न नपर्ने बताएका थिए ।
गृहमन्त्रीले यस्तो पोस्ट गरेको भोलिपल्ट देखि नै यो नियम कार्यान्वयनमा आएको छ।
ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकाहरूलाई बुधबारदेखि काठमाडौंका विभिन्न चोकमा ड्युटी गरिरहेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने व्यक्तिहरूलाई स्वयंमसेवकको रूपमा खटाउन सुरू गरेको हो।
Leave a Reply