Online Nepal
  • आइतबार, २० असोज २०८१
  • अब हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    अब हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 300
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन्।

    ७१ औँ सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    हिमाल संरक्षण गर्न सबै क्षेत्र र सरोकारवालाबीच सहकार्य र समन्वय हुनुपर्ने उनले औंल्याए । प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी जलवायु परिवर्तनले तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएको बताए ।



    पछिल्लो समय विश्वव्यापी रूपमा देखापरेका वातावरणीय संकट, जलवायु परिवर्तन, तापमान वृद्धिले ल्याएको चुनौती गम्भीर भएको उल्लेख गरे ।

    नेपालले हिमाली क्षेत्रको संरक्षण एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण र अनुकुलन गर्न उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु न्यायका लागि नेतृत्वदायी पैरवी गर्दै आइरहेको समेत उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार