Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • २५ सयको झोलामा बजेट !

    २५ सयको झोलामा बजेट !

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 606
    SHARES

    काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद् सचिवालय नयाँबानेश्वर पुगेका अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य पुस्तिका राख्न प्रयोग गरेको झोलाले धेरैको ध्यान खिच्यो ।

    यसअघिका अर्थमन्त्रीले विदेशमा प्रचलनमा रहेको ‘ब्रिफकेस’ मा बजेट वक्तव्य राखेर लैजाने गरेकामा यस पटक अर्थमन्त्री पुनले नेपाली झोलाको प्रयोग गरेका हुन् ।



    युनिक लेदर ह्यान्डिक्राफ्ट प्रालिले उत्पादन गरेको उक्त झोला कटनबाट बनाइएको कम्पनीका सञ्चालक नवराज अधिकारीले जानकारी दिए ।



    भक्तपुरमा रहेको कारखानामा उत्पादन गरिएको उक्त झोलामा अल्लो र ढाकाको समायोजन जस्तो देखाइएको उनले बताए । दुई हजार पाँच सय रुपियाँ पर्ने उक्त झोला अर्थ मन्त्रालयले मङ्गलबार नै खरिद गरेर लगेको उनले जानकारी दिए ।

    अर्थमन्त्री पुनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई बजेटको प्रमुख उद्देश्यका रूपमा उल्लेख गरे । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार