Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पर्यटन विभागले भन्यो – निर्मल पुर्जाले नेपालको बदनाम गराए, कारबाही हुन्छ

    पर्यटन विभागले भन्यो – निर्मल पुर्जाले नेपालको बदनाम गराए, कारबाही हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 903
    SHARES

    काठमाडौं । विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाले नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको आरोप लागेको छ ।

    यही जेठ १३ गते आरोही पुर्जाले सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटेर आरोहीलाई जोखिममा पारेको भन्दै फेसबुकमा एक भिडिओ सन्देशमार्फत् आक्रोश व्यक्त गरेका थिए । तर पर्यटन विभागले सो विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पुर्जाले पर्यटनलाई बदनाम गराएको निष्कर्ष निकालेको हो ।



    पुर्जाले सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा टाँगिएको डोरीको बाल्कोनी र साउथ समिट बीचको भाग काटिएको र आरोहणमा समस्या भएको आरोप लगाएका थिए । साथै उनले रेडियो सेटमा पिक प्रमोसन प्रा.लि. का बाबु शेर्पासँग कुरा गर्दै पिक प्रमोसनका शव व्यवस्थापन टोली डोरी नभएको कारणले फर्किनु परेको भन्ने आरोपप्रति पर्यटन विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।



    पर्वतारोहण सञ्चालक संघ नेपालको आकस्मिक बैठकले टाँगिएको डोरीमा कुनै समस्या नभएको तथा यसले नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको ठहर गरेको छ ।

    विभागका सूचना अधिकारी काली बहादुर भुजेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सिजनमा सगरमाथा आरोहणको सम्पूर्ण अभियान अन्तिम चरणमा पुगेको र आरोहण मार्गमा टाँगिएको डोरीको कही कतै पनि समस्या नरहेको जानकारी सम्बन्धित सबैमा प्रेषित गर्दछौं । आरोहण गर्न बाँकी रहेका सम्पूर्ण आरोहीहरुमा ढुक्कसँग सगरमाथा आरोहण अभियानमा लाग्न हार्दिक अनुरोध पनि गर्न चाहन्छौं ।’

    साथै विभागले जारी गर्ने सूचना, फिल्ड कार्यालय र सम्पर्क अधिकृतबाट सम्प्रेषण हुने सूचना बाहेक भ्रामक सूचना प्रवाह गर्ने समग्र पर्वतीय पर्यटन एवं राष्ट्रको इज्जतमा धक्का पुग्न सक्ने अफवाहमा नलाग्न अपिल गरेको छ।

    अनाधिकृत सूचना सम्प्रेषण गर्ने काममा संलग्न पुर्जा र अन्य व्यक्तिहरुमाथि छानबिन गरी कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार