Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

    आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 453
    SHARES

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले आज आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।



    अर्थमन्त्री पुनले बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सृजना भई दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास व्यक्त गरे।



    बजेटमा प्रस्ताव गरेको राजस्वसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजस्वको आधार तथा दायरा विस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमंत्री कर प्रणाली स्थापित भई आन्तरिक राजस्व परिचालन सुदृढ हुँदै जाने उनको भनाइ छ ।

    यस्तै आउँदो आर्थिक वर्ष मूल्यवृद्धि ५ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ ।

    अर्थमन्त्री पुनले बजेटले आर्थिक सुधार कार्यक्रम कार्यान्वयन हुने दाबीसमेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार