Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सरकारले प्रधानमन्त्रीकी दिवंगत पत्नी सीताको स्मृतिमा कलेज खोल्ने

    सरकारले प्रधानमन्त्रीकी दिवंगत पत्नी सीताको स्मृतिमा कलेज खोल्ने

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 486
    SHARES

    काठमाडौं । सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड योगिक साइन्स कलेज स्थापना गर्ने भएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा सो कुराको व्यवस्था गरिएको बताएका हुन् ।



    अर्थमन्त्री पुनले भने, ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।’



    सीता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी हुन्। सीताको गत असार २७ गते निधन भएको थियो।

    अर्थमन्त्री पुनले काठमाडौं विश्वविद्यालयअन्तर्गत स्थापना गर्ने जानकारी दिँदै त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको बताए ।

    सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार