काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बजेटमा कुनै सुधार नआएको टिप्पणी गरेका छन्।
सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेपछि बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका प्रवक्ता महतले बजेट वितरणमुखी भएको बताएका हुन् ।
प्रवक्ता महतले भने, ‘जसरी अर्थतन्त्र सुधारको कुरा गरिएको थियो, बजेटले त्यसलाई सम्बोधन गरेको छैन । अर्थतन्त्रको सुधार प्रक्रियाबारे बजेट मौन छ ।’
बजेटले समस्या समाधान नगरेको बरु छोपेर राखेको प्रवक्ता महतले आरोप लगाए । उनले उत्पादन बढ्ने र लगानी आउने परिवेश पनि नदेखेको बताए ।
बजेटले धेरै कुरा छुने प्रयास गरेपनि परिणाम आउने आफूले नदेखेको प्रवक्ता महतको भनाइ छ ।
Leave a Reply