Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • आलु र प्याजमा लागेको मूल्य अभिवृद्धि कर खारेज

    आलु र प्याजमा लागेको मूल्य अभिवृद्धि कर खारेज

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 519
    SHARES

    काठमाडौं । सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छ।

    आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुनले मूल्य अभिवृद्धि कर खारेजबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन्।



    अर्थमन्त्री पुनले भने,‘मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्न केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज गरेको छु।’



    मूल्य अभिवृद्धि कर छुट दिएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गरिने समेत अर्थमन्त्री पुनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार