Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 927
    SHARES

    काठमाडौं । प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

    जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियालाई आज हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।



    जनकपुरको काव्या अस्पतालले सिरोहियालाई थप उपचारका लागि काठमाडौंमा पठाउन रिफर गरेको थियो ।



    धनुषा जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले सोमबार नागरिकता किर्तेमा सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।

    सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले ब्रिफिङ गरेका छन् । उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा पठाइएको छ ।

    सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गर्दा धनुषा जिल्ला अदालतले सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकूलताको कारण उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपयुक्त हुने आदेश दिएको थियो।

    सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले जेष्ठ ८ मंगलबार काठमाडौंस्थित ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरी जनकपुरधाम ल्याएको थियो । धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३/३ दिनको म्याद थपेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार