Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कृषि बीमाका लागि एक अर्ब ६५ करोड अनुदान दिने सरकारको घोषणा

    कृषि बीमाका लागि एक अर्ब ६५ करोड अनुदान दिने सरकारको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 387
    SHARES

    काठमाडौं । सरकारले साना किसानको बाली तथा पशुपंक्षी बीमाको लागि प्रिमियम रकममा अनुदान प्रदान गर्न एक अर्ब ६५ करोड बजेट छुट्याएको छ।

    प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।



    अर्थमन्त्री पुनले भूगोल, बजार सम्भाव्यता, कृषि उपजका आधारमा विशेष क्षेत्र घोषणा गरिने बताए । सरकार, किसान र व्यवसायी मिलेर करार खेती प्रवर्द्धन गरिने उनले बताए ।



    कृषि उपज प्रशोधन र निर्यात गर्नेलाई उत्पादित उपजका आधारमा कर्जामा ब्याज अनुदान र मल, बिउ प्रदान गरिने बजेटमा घोषणा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार