Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बजेट भाषण : गाँजाको व्यवसायिक खेती गर्न सरकारले अनुमति दिने

    बजेट भाषण : गाँजाको व्यवसायिक खेती गर्न सरकारले अनुमति दिने

    अनलाइन नेपाल
  • मंगलबार, १५ जेष्ठ २०८१
  • 507
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने बताएका छन्।

    आर्थिक वर्ष ०८१ ०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री पुनले औषधि प्रयोजनका लागि कानुनी व्यवस्था मिलाएर गाँजाको व्यावसायिक उत्पादन गरिने बताए।



    सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि २०८० कात्तिकमा गृह मन्त्रालयका तत्कालीन सहसचिवको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको थियो ।

    गत वर्ष पनि अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार