Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सुदूरपश्चिमका डीआईजी केसीको निर्देशन – अपराध र अपराधिविरुद्व निर्ममताका साथ प्रस्तुत हुनू

    सुदूरपश्चिमका डीआईजी केसीको निर्देशन – अपराध र अपराधिविरुद्व निर्ममताका साथ प्रस्तुत हुनू

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 813
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र के.सीले मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

    सोमबा भर्चुअल मिटिङ मार्फत उनले सात वटा पहाडी जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई आवश्यक निर्देशन दिएका हुन् । उनले जिल्लाहरुको अपराध नियन्त्रण तथा अनुसन्धान एवं शान्ति सुरक्षाको वर्तमान अवस्थाको सम्बन्धमा जानकारी लिएका थिए ।



    साथै बर्षादको मौसम सुरु हुन लागेकोले सम्भावित विपद व्यवस्थापन तथा उद्दारका लागि तयार रहन उनले निर्देशन दिए ।



    यस्तै प्रतिबन्धित बन्यजन्तु, जडीवुटी, आखेटोपहार, अवैध काठ तस्करी नियन्त्रणमा जोड दिन, फरार अपराधि पक्राउ तथा पेण्डिङ मुद्दाहरुको अनुसन्धान द्रुत गतिमा अगाडी बढाउन, स्थानिय तह सँग समन्वय गरी ऋऋत्ख्, CCTV, Fire Extinguisher लगायतको व्यवस्थापनमा सहकार्य गर्न डीआईजी केसीले निर्देशन दिए ।

    यसैगरी उनले अबैध भन्सार छली, तस्करी नियन्त्रणमा जोड दिन, नागरिक मैत्री व्यवहार गर्न, अपराध र अपराधिबिरुद्व कानूनी निर्ममताका साथ प्रस्तुत हुन निर्देशन दिए ।

    उनले डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार