Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्ड र ओली संघीयताको घोर विरोधी हुन् : मुख्यमन्त्री यादव

    प्रधानमन्त्री प्रचण्ड र ओली संघीयताको घोर विरोधी हुन् : मुख्यमन्त्री यादव

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 498
    SHARES

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली संघीयताविरोधी भएको आरोप लगाएका छन् ।

    मधेश सरकार अल्पमतमा रहेकाले दीर्घकालीन महत्वको निर्णय नगर्न ध्यानाकर्षण गराउन आएका एमाले, जनमत, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुसँग मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् ।



    एमालेसहितका राजनीतिक दलहरूले वर्तमान सरकार अल्पमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नगर्न/नगराउन ध्यानाकर्षण पत्र पेस गरेका थिए ।



    ध्यानाकर्षण पत्र बुझिसकेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको घोर विरोधी प्रधानमन्त्री प्रचण्ड भएको आरोप लगाए ।

    उनले एमालेका अध्यक्ष ओलीले पहिला नै संघीयता नचाहेको स्पष्ट परेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार