Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • गाजाको राफाह शिविरमा इजरायली सेनाको आक्रमण, ४० जनाको मृत्यु

    गाजाको राफाह शिविरमा इजरायली सेनाको आक्रमण, ४० जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 444
    SHARES

    एजेन्सी । प्यालेष्टिनी क्षेत्रको राफाहनजिकै विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।

    नागरिक सुरक्षा निकायका वरिष्ठ अधिकारी मोहम्मद अल–मुघैरका अनुसार दक्षिणी गाजा पट्टीको राफाह शहरको उत्तरपश्चिममा रहेको शरणार्थी टेन्टमा इजरायली सेनाले गरेको अन्धाधुन्ध हवाइ फायरमा ४० जनाको मृत्यु भएको हो ।



    हवाई आक्रमणपछि शिविरमा बस्दै आएका दर्जनौँ व्यक्तिको शरीर क्षतविक्षत र मृत अवस्थामा देखिएको साथै उल्लेख्य सङ्ख्यामा घाइते बालबालिका, महिला र वृद्धवृद्धा शिविरमा त्रसित अवस्थामा भेटिएका छन्।



    उनले उद्धारकार्यमा ठूलो चुनौती आएको बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार