Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • सिरोहियाको पक्षमा बोलेकोप्रति महजोडीले मागे माफी

    सिरोहियाको पक्षमा बोलेकोप्रति महजोडीले मागे माफी

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 663
    SHARES

    काठमाडौं । वरिष्ठ हास्यकलाकार (महजोडी) मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा बोलेकोप्रति क्षमायाचना गरेका छन्।

    सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि उनीहरूले भिडियो सन्देश जारी गर्दै आफूहरूबाट त्रुटि भएको उल्लेख गरेका हुन् ।



    आफूहरूले दिएको अभिव्यक्ति भुलवश भएको भन्दै मह जोडीले माफी मागेका छन्।



    भिडियो उनीहरूले भनेका छन्,‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ । एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ ।’

    त्यसरी अपर्झट बोल्दा हामीबाट त्रुटि हुन गएको महसुस भएको उनीहरुको भनाई छ ।

    हामीबाट त्रुटि भएको र त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर आफूहरूलाई माफ गर्दिन समेत हरिवंशले अनुरोध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार