Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • संसदीय छानबिनका विषयमा सहमति गर्न बालुवाटारमा ‘निर्णायक बैठक’ जारी

    संसदीय छानबिनका विषयमा सहमति गर्न बालुवाटारमा ‘निर्णायक बैठक’ जारी

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 624
    SHARES

    काठमाडौं । सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक बालुवाटारमा जारी छ ।

    बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस, एमाले, माओवादी र रास्वपाका नेताहरू सहभागी छन् ।



    बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी छन् ।



    एमालेबाट कानूनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम् वाग्ले, सन्तोष परियारलगायत छन् ।

    शीर्षसहित कार्यदलका सदस्य बसेर छानबिन समितिको कार्यादेशमा रहेका विमतिलाई सहमतिमा लैजाने नेताहरूको विश्वास छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको भन्दै उनको नाम तोकेर समिति बनाउनुपर्ने अडान राख्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार