Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • सिरोहिया पक्राउबारे बृहत् नागरिक आन्दोलनको निष्कर्ष – प्रतिशोध साँध्न सरकारी शक्ति दुरूपयोग

    सिरोहिया पक्राउबारे बृहत् नागरिक आन्दोलनको निष्कर्ष – प्रतिशोध साँध्न सरकारी शक्ति दुरूपयोग

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 819
    SHARES

    काठमाडौं । बृहत् नागरिक आन्दोलनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा प्रतिशोध साँध्न सरकारी शक्ति दुरूपयोग भएको बताएको छ ।

    बृहत् नागरिक आन्दोलनले आइतबार विज्ञप्ति निकाल्दै ‘पहिले समात अनि प्रमाण जुटाऊ’ शैलीमा गरेको गिरफ्तारीबाट प्रतिशोध साँध्न सरकारी शक्ति दुरूपयोग गरेको स्पष्ट हुने बताएको हो ।



    आफ्नो भूमिकाप्रति निरन्तर प्रश्न गर्दै आएको कान्तिपुरका प्रकाशकलाई आक्षेपित गृहमन्त्री रवि लामिछानेले ‘पहिले समात अनि प्रमाण जुटाऊ’ शैलीमा गरेको गिरफ्तारीबाट प्रतिशोध साँध्न सरकारी शक्ति दुरुपयोग गरेको प्रस्ट भएको आन्दोलनको भनाई छ ।



    ‘प्रेसलाई अवाञ्छित दबाब र त्रासमा पार्न प्रकाशक कैलाश सिरोहियामाथि प्रहरी कारबाही भएको भन्ने राष्ट्रिय – अन्तर्राष्ट्रिय सरोकारवालाहरूको ध्यानाकर्षणप्रति सरकारको उदासीनताले हाम्रो सन्देह बढाएको छ,’ आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    साथै आम जनताको जीविकासँग जोडिएको सहकारीको सङ्कट समाधान गर्न संलग्नमाथि कारबाहीसँगै सुशासन सुनिश्चित गर्न बृहत् नागरिक आन्दोलनले सरकारसँग माग गरेको छ ।

    आफूले दुःखजिलो गरी कमाएको रकम सहकारी सञ्चालकहरूबाट व्यापक हिनामिना भएपछि सर्वसाधारण जनता न्याय माग्न मुख्य सहरका सडकमा उभिन थालेको बेला देशको राजनीतिमा व्याप्त गतिरोधप्रति आन्दोलनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार