Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा तीन दिन विद्यालय बन्द

    अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा तीन दिन विद्यालय बन्द

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 567
    SHARES

    फाइल फोटो

    बाँके । गर्मी अत्यधिक बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ ।

    अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सबै विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए ।



    उनका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो । जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ ।



    नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार