कास्की । जबरजस्ती गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बागलुङ जैमिनी नगरपालिका ८ बस्ने २८ वर्षीय भीम थापा, सोही ठाउँका ३१ वर्षीय डोलनाथ पौडेल र २९ वर्षका तेज हमाल छन् ।
उनीहरुले कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा महिलामाथि जबरजस्ती गरेको आरोप छ ।
पोखराका पर्यटकहरू रमाइलो गरिरहेको ठाउँमा पुगेर उनीहरुले महिलालाई जबरजस्ती नाच्न लगाएर अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
Leave a Reply