Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नाबालिकालाई यौन क्रियाकलापमा लगाउने दुई जना पक्राउ

    नाबालिकालाई यौन क्रियाकलापमा लगाउने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 618
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्यूरोले नाबालिकालाई यौन क्रियाकलापमा लगाउने दुई महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-९ की श्रृजना खनाल तामाङ र नुवाकोटको बेलकोटगढी नगरपालिका-४ की रमिला नेपाली रहेकी छन्।



    नाबालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा लिई रेष्टुरेन्टमा वेट्रेसको काम लगाउने भनी जबरजस्ती वेश्यावृतिमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।



    पीडितको इच्छा विपरीत दैनिक रुपमा ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाएको र ग्राहकसँग शारीरिक सम्पर्क राखे बापत आधा रकम दिने भनि प्रलोभनमा पारी सो रकम पनि नदिएको खुलेको छ।

    नाबालिकालाई जवरजस्ती वेश्यावृतिमा लगाएको भन्ने गोप्य सूचनाका आधारमा ब्यूरोको टोलीले काठमाडौंको मित्रपार्कबाट पक्राउ गरेको हो। ब्यूरोबाट खटिएको टोलीले पीडित नाबालिकालाई उद्धार गरी सुरक्षित आवासमा राखेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार