Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विष्फोट गराइएको पूर्वमन्त्री बाँस्कोटाको घर तस्बिरमा

    विष्फोट गराइएको पूर्वमन्त्री बाँस्कोटाको घर तस्बिरमा

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बुधबार बिहान गरिएको बम विष्फोटको अवस्था तस्बिरमा देखाउन खाेजेका छाै।

    विभिन्न १० वटा कारण देखाउँदै विष्फोट गराइएकाे विप्लव समूहले जनाएको छ । घटनास्थलमा नेकपाद्वारा जारी ‘भ्रष्टाचारी गोकुल बाँस्कोटामाथि कारबाही किन’ भन्ने पर्चा छरिएको समेत पाइएकाे छ।



    बम विस्फोटपछि अनुसन्धानमा सिआइबी, महानगरीय अपराध महाशाखा र प्रहरी परिसरको टोली जुटिरहेको छ। बाँस्कोटाको पुरानो एक तले घर तीन तले बनाउने काम भइरहेको छ। निर्माणाधीन उक्त घरमा बाँस्कोटा अहिले बस्दैनन्। मन्त्री भएदेखि नै उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन्।



    यसैगरी विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेऊमा रोकेर राखिएको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको प्रहरीले जनाएको छ। यसैबीच बम विष्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा सञ्चारमन्त्रीले कमिसन मागेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार