Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भरुवा बन्दुकसहित २ जना पक्राउ

    भरुवा बन्दुकसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 3.2K
    SHARES

    बाजुरा । बाजुरामा लुकाएर राखेको ५ नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । बडिमालिका नगरपालिका ७, रजातोली तल्लो पलानमा लुकाई राखेको ५ थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    पक्राउ पर्नेमा बडिमालिका नगरपालिका ७, रजातोली तल्लो पलानमा ५५ वर्षीय धनबहादुर विक र ३५ वर्षीय सौरे लुहार छन् । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घरछेउमा लुकाई राखेको अवस्थामा लोड गरेको बन्दुक फेला परेकाे थियाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार