Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • चालू आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिव्यक्ति आय १४ सय ५६ डलर हुने

    चालू आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिव्यक्ति आय १४ सय ५६ डलर हुने

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 474
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको अन्त्यसम्म प्रतिव्यक्ति आय १४ सय ५६ डलर हुने बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पुनले २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्दै उक्त कुरा बताएका हुन् ।



    अर्थमन्त्री पुनले यो आर्थिक वर्षको अन्त्यमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने र प्रतिव्यक्ति आय साढे १४ सय अमेरिकी डलर हुने बताए ।



    अर्थमन्त्री पुनले भने, ‘मुलुकको आर्थिक सामाजिक परिस्थिति सुधारिएको छ । मुलुकको अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।’

    उनले मुद्रास्फिति ६ दशमलव ८ प्रतिशत रहने बताए । साथै राजश्व परिचालन सुधारिएको उनको दाबी छ । अर्थमन्त्री पुनले बैंकमा प्रशस्त तरलता रहेको बताए ।

    उनले आर्थिक सर्वेक्षणले औंल्याएका विषयहरूलाई बजेटमार्फत कार्यान्वयन गर्दै लगिने बताए । आउँदो मंगलबार सरकारले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार