Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रवि लामिछानेलाई ज्ञानेन्द्र शाहीले सोधे – गृहमन्त्रीज्यू छानबिनबाट किन डराउनु भएको ?

    रवि लामिछानेलाई ज्ञानेन्द्र शाहीले सोधे – गृहमन्त्रीज्यू छानबिनबाट किन डराउनु भएको ?

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 501
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सत्ताबाहिर र सत्तामा हुँदा कुरा फेरेको भन्दै गृहमन्त्री रवि लामिछानेको आलोचना गरेका छन्।

    प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलको तर्फबाट बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् ।



    प्रमुख सचेतक शाहीले गृहमन्त्रीलाई सोधे, ‘सहकारी पीडितको बास सडकमा भएको छ । मकै पोलेको र साग बेचेर जम्मा गरेको पैसा हो । अरबपति खरबपतिको रकम होइन हैन गृहमन्त्रीज्यू ! मुटु छ कि छैन डराएको हो, खुट्टा कमाएको हो ।’



    यसअघि प्रतिपक्षमा हुँदा लामिछानेले जजसको नाम आएको छ छानबिन गरौं गृहमन्त्री प्रधानमन्त्रीले मुटु दह्रो छ ? भनेको उनले स्मरण गरे ।

    उनले ज्वाइँले खाता खोलेको र व्यवसाय गरेको विषयलाई लिएर राप्रपा सांसद गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको जिकिर गरे ।

    छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष भन्ने नहुने भन्दै उनले समिति बनाउन साथ दिन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार