Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • शान्ति प्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ : सञ्चारमन्त्री शर्मा

    शान्ति प्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 387
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रियाका बाँकी काम लाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्ने बताएकी छन् ।

    २२औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सञ्चामन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    उनले जतिसक्दो चाँडो सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताइन् ।



    शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने सञ्चामन्त्री शर्माले बताइन् ।

    शान्ति प्रक्रियाका बाँकी कामलाई कुनै व्यक्ति, पार्टी वा पार्टीका नेताको मात्रभन्दा पनि समग्र मुलुकको शान्ति प्रक्रियाको रूपमा हेरिनुपर्ने बताउँदै उनले यो समग्र राज्यसत्ताको चासोको विषय भएकाले जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिइन् ।

    सत्य निरूपणसँग सम्बन्धित विधेयकलाई जतिसक्दो चाँडो पारित गर्नुपर्ने उनले बताइन् ।

    हिरासतमा रहेका बेला इच्छुकलाई चरम यातनाबाट निधन भएको स्मरण गर्दै मन्त्री शर्माले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनेकामा गर्व गरिरहँदा कृष्ण सेन इच्छुकसहितका योद्धाहरूले गरेको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार