Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • दिल्लीको बाल अस्पतालमा आगलागी हुँदा ७ नवजात शिशुको मृत्यु

    दिल्लीको बाल अस्पतालमा आगलागी हुँदा ७ नवजात शिशुको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 840
    SHARES

    एजेन्सी । भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ ।

    शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको हो ।



    भारतका सञ्चारमाध्यमहरूका अनुसार आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशु​को अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।



    १२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ । आगलागीको कारण अहिलेसम्म खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार