काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा हुनेछ।
साथै स्थानीय तहहरूको अधिवेशन, संगठन सुदृढीकरणसंगै सक्रिय सदस्यता वितरण अभियानबारे छलफल हुने बताइएको छ ।
बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेस हुने कार्यपत्र र प्रतिवेदनहरू समेत पास गर्नेछ ।
बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्रीद्वय भाष्कर भद्रा र बर्तौलाले क्रमशः सचिवालय र संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्ने छन् ।
Leave a Reply