Online Nepal
  • बुधबार, १० पुष २०८१
  • गृहमन्त्रीको नाम नराखी संसदीय समितिमा सहमति हुन्छ : कानुनमन्त्री गिरी

    गृहमन्त्रीको नाम नराखी संसदीय समितिमा सहमति हुन्छ : कानुनमन्त्री गिरी

    अनलाइन नेपाल
  • शनिबार, १२ जेष्ठ २०८१
  • 510
    SHARES

    पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी ठगीको छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुट्ने बताएका छन् ।

    गृहजिल्ला पर्वत पुगेका मन्त्री गिरीले नेपाल पत्रकार महासङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै कानुनमन्त्री गिरीले यस्तो बताएका हुन् ।



    ​कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताउँदै कानुनमन्त्री गिरीले सत्ता र प्रतिपक्ष लचिलो भएर टुङ्गोमा पुग्नुपर्ने बताए ।



    बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गर्ने प्रावधानसहित सहमति गर्नुपर्नेमा सत्तापक्ष सकारात्मक रहेको उनको भनाइ थियो ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने प्रतिपक्षी दल आफ्ना अडानबाट पछि हटिसकेको कानुनमन्त्री गिरीले बताए ।

    गृहमन्त्री लामिछाने दोषी हो वा होइन भन्ने कुरा छानबिन पछि मात्र पुष्टि हुने भएकाले कुनै व्यक्तिको नाम तोकेर जाँदा गलत नजिर स्थापित हुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार