Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आजदेखि चीनसँग जोडिएका नेपालका १४ परम्परागत नाका खोलिँदै

    आजदेखि चीनसँग जोडिएका नेपालका १४ परम्परागत नाका खोलिँदै

    अनलाइन नेपाल
  • शनिबार, १२ जेष्ठ २०८१
  • 465
    SHARES

    काठमाडौं । आज (शनिबार)देखि चीनसँग जोडिएका १३ जिल्लाका १४ वटा परम्परागत सीमा नाकाहरू खुल्ने भएका छन् । कोरोनाका कारण चीन सरकारले नै बन्द गरेका यी नाकाहरू आजबाट खुल्ने भएका हुन् । २०७६ सालदेखि यी नाका बन्द भएका थिए । 

    कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि सखुवासभाको किमाथाङ्कासहित अन्य नाकाहरू बन्द गरेको थियो  । उत्तरी क्षेत्र चीनसँग जोडिएको संखुवासभाको किमाथाङ्का नाका जेठ १२ गते परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितमा खोलिने संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खडकाले बताए । 



    किमाथाका नाका बन्द हुँदा सबैभन्दा ठुलो असर भोट खोलामा परेको स्थानीयहरू बताउँछन् । यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । नाका बन्द हुँदा दिनै सामाग्री समेत अभाव हुने गरेको प्रजिअ खडकाले बताए । भोट खोला विकट क्षेत्रमा पर्छ । ‘नाकासम्म पुग्न २ किलोमिटर ट्र्याक अझै खुलेको छैन’, उनले भने ‘ अर्काे वर्ष यति बेलासम्म चाहिँ ट्र्याक्टरसम्म कुद्न सक्छ होला,’ उनले भने । 



    किमाथांकालाई परम्परागत नाका भन्ने गरिएको छ । यो नाका खुल्दा भोेटखोला बासीलाई सहज हुने अनुमान गरिएको छ । सदरमुकाम खाद्यवारिबाट सामाग्री लिएर जाँदा गाडीबाट ओर्लेर दुई दिन पैदल हिँडेपछि मात्रै यो नाका पुग्ने स्थानीय बताउँछन् । 

    उत्तरी क्षेत्रमा वि.स.२०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तर, द्वन्द्वका कारण भोट खोलाको हटियामा रहेको सीमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारी सारिएको थियो । चीन सरकारले मुहानमा कोरोना संक्रमण देखिएपछि बन्द गरेको थियो । नेपाली नाका भन्दा करिब १५ मिनेट दुरी पर पुगेर उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री उपस्थितिमा उक्त नाका खोलिने जनाइएको छ । 

    किमाथाका बन्द भएपछि भोट खोला गाउँपालिकामा सदरमुकाम खाँदवारीबाट महँगोमा खाद्यान्न ढुवानी गर्दै आएका थिए ।  भोट खोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब १ सय ६२ किलोमिटर टाढा पर्दछ । 

    किमाथाङ्का स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । करिब ६ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।  

    विराटनरगको रानी भन्सार नाका हुँदै संखुवासभाको किमाथाकासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ । आज नै एकै साथ १३ जिल्लाको १४ वटै नाको एकै साथ खोलिने जनाइएको छ । 

    गोर्खामा दुई वटा नाका पर्छ भने अन्य जिल्लामा एक एक वटा नाका छन् । संखुवासभाको किमाथांका, दोलखाको अर्काे फालकलगायत नाका रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार