Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ह्याकर समूहद्वारा ठूलो रकम माग

    सफ्टवेयर नै ह्याक भएपछि रेल विभागको ३२ अर्बको ठेक्का अलपत्र

    सफ्टवेयर नै ह्याक भएपछि रेल विभागको ३२ अर्बको ठेक्का अलपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । ह्याकरहरुको एक समूहले रेल विभागको सफ्टवेयर नै ह्याक गर्न सफल भएको छ। रेल विभागले असार १५ गते इनरुवादेखि झापासम्मको रेलमार्ग बनाउनका लागि गरेको इ-टेण्डरको मूल्यांकन अन्तिम चरणमा पुगेको बेला सफ्वेयर नै ह्याक भएपछि ठेक्का नै अलपत्र परेको छ ।

    एक साता अघि सफ्टवेयर ह्याक भएको र सार्वजनिक खरिद अनुगमन कार्यालयले रिकभर गर्न प्रयास गर्दा पनि सफलता हात नलागेपछि टेण्डर प्रकृया नै अलपत्र परेको विभाग स्रोतले बतायो ।



    ३२ अर्ब बराबरको रेलको टेण्डरको चौतर्फी विरोध भइरहेको छ । संसद चलेको भए यो विषयले अवरुद्ध नै हुने अवस्था उत्पन्न हुन थियो । तर, संसद नचलेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै संरक्षणमा प्रतिष्पर्धालाई सिमित गरी सेटिङमा ठेक्का दिन लागिएकोमा विरोध हुँदै आएको छ ।



    स्वच्छ प्रतिष्पर्धा भएको भए इनरुवादेखि झापासम्मको रेलमार्ग २० अर्बमा सम्पन्न हुने विज्ञहरुले नै बताउँदै आएका छन् । तर, प्रधानमन्त्री कार्यालयको संरक्षणमा ठेकेदारहरुबीच सेटिङमा टेण्डर टुंग्याउने खेल रचिएको थियो ।

    टेण्डर मूल्यांकनको अन्तिम चरणमा पुगिसकेका बेला सफ्टवेर नै ह्याक भएको हो । ठेकेदारहरुले ह्याकर पत्ता लगाई रकमको प्रलोभन दिंदा पनि ह्याकहरुले नमानेको विभाग स्रोत बताउँछ ।

    ह्याकर समूहले ठूलो रकम माग गरेपछि ठेकेदारहरु रणभूल्लमा परेका छन् । रेलमार्ग बनाउनका लागि अहिलेम्म जग्गा अधिकरण समेत गरिएको छैन । जग्गा अधिकरण नै नगरी टेण्डर निकालेर मोविलाइजेसन बापतको करिव ६ अर्ब रकम भागवण्डा गरी खाने दाउमा ठेकेदाहरु दौडधुप गरिरहेका छन् ।

    यसमा ठूला सातवटा ठेकेदार कम्पनीदेखि पार्टी निकटका(काँग्रेस र नेकपा) ठेकेदारहरु प्रायः सबैलाई समेटिएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत ठेकेदाहरुले सेटिङ मिलाइसकेको एक ठेकेदार नै दाबी गर्छन् ।

    त्यस्तै मिडिया व्यवस्थापन गर्ने नाममा समेत ठूलो चलखेल भइसकेको छ । रेलको ठेक्कामा मुख्य गरी कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे, शर्मा एण्ड कम्पनीका रमेश शर्मा, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा, रसुवा कन्स्ट्रक्सनका मोहन आचार्य, स्वच्छन्द निर्माण सेवाका जयराम लामिछाने, चुँदी कन्स्ट्रक्सनका ऋषी सुवेदीदेखि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायतका साना ठेकेदारपनि मिलेका छन् ।

    कालो सूचीमा परेको रमण कन्स्ट्रक्सनका पवन महतोले आफ्नो कम्पनीले टेण्डरमा भाग लिन नपाउने भएपछि मिडियाबाजी गर्न थाले ।

    त्यसपछि १० दिन म्याद थप गरी उनको कम्पनी कालो सूचीबाट फुकुवा गराई उनले पनि टेण्डरमा भाग लिएका छन् । यसरी सबै असन्तुष्टहरुलाई मिलाएर सेटिङमा टेण्डर सम्पन्न गर्ने समयमा ह्याकरका कारण अर्बौं कुम्ल्याउने योजना चकनाचुर भएको छ ।

    सफ्टवेयर ह्याक गर्ने समूह भने बंगलादेशी भएको बुझिएको छ । केही ठेकेदारहरुले सफ्टवेयर रिकभर गरी ह्याकरलाई कारवाही गर्नका लागि प्रहरीमा जानु पर्ने सुझाव रेल बिभाग र सार्वजनिक खरिद कार्यालयलाई दिएका छन्।

    यस बिषयमा बिभागसँग बुझ्ने प्रयास गर्दा बिभागका अधिकारीहरु सम्पर्कमा आउन चाहेनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार