Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहरिएका इन्जिनियर मृत फेला

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहरिएका इन्जिनियर मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 555
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहरिएका एक जना कर्मचारी मृत फेला परेका छन् ।

    सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।



    उनको घरमा सुसाइड नोट पनि फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुले जनाएको छ ।



    केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबारै उनको शवको पोष्टमार्टम भइसकेको छ । परीक्षणको प्रतिवदेन आउन बाँकी छ ।

    पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि वन तथा वातावरण मन्त्रालयमा उपसचिव स्तरमा कार्यरत थिए ।

    विशेष अदालतले ११ जेठमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो ।

    उनीहरुलाई दोषी ठहर गर्दै जेल र जरिवाना सजाय सुनाएको थियो ।

    पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार