Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • नेपालका लागि संघीयता बोझिलो र खतरनाक भयो : राजेन्द्र लिङ्देन

    नेपालका लागि संघीयता बोझिलो र खतरनाक भयो : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 378
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताएका छन् ।

    शुक्रबारबाट सुरू भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।



    अध्यक्ष लिङ्देनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताए।



    अध्यक्ष लिङ्देनले भने, ‘ नेपाल जस्तो जनसंख्या र भूगोल भएको हिसावले समेत सानो मुलुकले तीन तहको राज्य संरचना र यति धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलव भत्ता खुवाएर पाल्न सक्दैन । आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालको सन्दर्भमा संघीयता बोझिलो र खतरनाक छ ।’

    मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम हुन आवश्यक रहेको अध्यक्ष लिङ्देनको भनाई छ ।

    अध्यक्ष लिङदेनले सत्ता स्वार्थका लागि जोसँग जस्तो पनि सम्बन्ध राख्ने प्रवृत्तिका कारण छिमेक र विश्व समुदायमा नेपालको विश्वसनियता कमजोर बनेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार