Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • न्याय सेवाका तीन सहसचिव सचिवमा बढुवा

    न्याय सेवाका तीन सहसचिव सचिवमा बढुवा

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 573
    SHARES

    काठमाडौं । न्याय सेवा आयोगले तीन जना सहसचिवलाई सचिवमा बढुवा तथा पदस्थापन गरेको छ ।

    आयोगको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरुलाई सचिवमा बढुवा गरेको हो ।



    कायम मुकायम नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीलाई न्याय सेवा आयोगले नायब महान्यायाधिवक्तामा बढुवा तथा महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गरिएको छ ।​



    त्यसै गरी सर्वोच्च अदालतका सह-रजिस्टार यमबहादुर बुढा मगरलाई न्याय परिषद्को सचिवमा बढुवा तथा पदस्थापन गरिएको छ ।

    त्यसै गरी न्यायपरिषद्का कायम मुकायम सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिस्ट्रारमा बढुवा तथा पदस्थापन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार