Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कानुनमन्त्री गिरीले भने – संसदीय छानबिन समितिबारे सहमतिनजिक पुगेका छौं

    कानुनमन्त्री गिरीले भने – संसदीय छानबिन समितिबारे सहमतिनजिक पुगेका छौं

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 477
    SHARES

    काठमाडौं । कानुनमन्त्री पदम गिरीले सहकारी ठगी सम्बन्धमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टीओआरमा सहमतिनजिक पुगेका बताएका छन् ।

    शुक्रवार बसेको कार्यदल बैठकपछि बोल्दै कानुनमन्त्री गिरीले यस्तो बताएका हुन् । शुक्रबार दिनभरि सहमतिमा पुग्ने कार्यदलका संयोजकसमेत रहेका गिरीले बताए ।



    मन्त्री गिरीले सहमतिको धेरै नजिक पुगेको बताए । आजै ४ बजे बालुवाटारमा शीर्ष नेतासहित छलफल गरिने कानुनमन्त्री गिरीले बताए ।



    कानुनमन्त्री गिरीले भने, ‘सहमतिको धेरै नजिक पुगेका छौं, दिनभरीमा समस्या समाधानको स्थानमा पुग्छौं । उपप्रधानमन्त्री लामिछानेको नामलाई लक्षित गरेर भन्दापनि संसददेखि संचार माध्यममा उठेका विषयको समाधान गर्नेगरी समिति बनाउने पक्षमा हामी छौ । प्रतिपक्षी दलका साथीहरू पनि संसदमा उठाउँदै आएको स्पिरिट नमर्नेगरी समिति बनाउन सकारात्मक हुनुहुन्छ ।’

    संसद् भवनमै पुनः छलफल गरेर अपरान्ह ४ बजे बालुवाटारमा फेरि छलफल हुने उनले बताए । कांग्रेसले भने सहकारी ठगीमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार