Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच शीतल निवासमा भेटवार्ता

    राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच शीतल निवासमा भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 792
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेटन आज बिहान शीतल निवासमा पुगेका हुन् ।

    भेटमा राष्ट्रपति पौडेलले संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।



    सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी दिएका थिए ।



    राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार