Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • बाघको आक्रमणबाट एक महिलाको मृत्यु

    बाघको आक्रमणबाट एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १० जेष्ठ २०८१
  • 642
    SHARES

    फाइल तस्विर

    बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छन्।



    बाँसगढी नगरपालिका-४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



    मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका-४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन्।

    उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार