Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • धनुषाको क्रसर उद्योगमा युवकको शव भेटियो

    धनुषाको क्रसर उद्योगमा युवकको शव भेटियो

    अनलाइन नेपाल
  • बिहिबार, १० जेष्ठ २०८१
  • 612
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषाको एक क्रसर उद्योगमा युवकको शव फेला परेको छ ।

    क्रसरको फित्तामा टाउको फसेको अवस्थामा धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ मा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो ।



    मजदुरी गर्दै आएका यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    त्यहीँ काम गरिरहेका बाराको निजगढ घर भएका ४५ वर्षीय खेमकुमार मगर अवस्थामा भेटिएका छन् ।

    मगरको अवस्था सामान्य रहेको र गोदारस्थित निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    मृतक यादवको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार