Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • नेपाल अझै पनि हिंसा, मानव अधिकार प्रतिकूल घटनाबाट मुक्त हुन सकेन् : सभापति देउवा

    नेपाल अझै पनि हिंसा, मानव अधिकार प्रतिकूल घटनाबाट मुक्त हुन सकेन् : सभापति देउवा

    अनलाइन नेपाल
  • बिहिबार, १० जेष्ठ २०८१
  • 600
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गरेर उनले हाम्रो देश अझै पनि हिंसा, मानव अधिकार प्रतिकूल घटनाबाट मुक्त हुन नसकेको बताएका हुन् ।



    उनले मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।



    “शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौँ, अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । देशमा शान्ति कायम होस्, सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउँन्”, उनले शुभकामना सन्देशमा भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार