Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राजस्थानसँग ४ विकेटले पराजित हुँदै आईपीएलबाट बाहिरियो आरसीबी

    राजस्थानसँग ४ विकेटले पराजित हुँदै आईपीएलबाट बाहिरियो आरसीबी

    अनलाइन नेपाल
  • बिहिबार, १० जेष्ठ २०८१
  • 996
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो इलिमिनेटर खेलमा राजस्थान रोयल्सले रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) लाई पराजित गरेको छ ।

    फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थानसँग ४ विकेटले पराजित हुँदै बेंगलूरु बाहिरिएको हो ।



    गएरातिको खेलमा बेंगलूरुले दिएको १ सय ७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।



    राजस्थानले अब पहिलो क्वालिफायरको पराजित टोली सनराईजर्स हैदराबादसँग फाइनल प्रवेशका लागि भोलि खेल्नेछ ।

    हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल आउने आइतवार हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार