Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • राप्रपाले भन्यो – गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ, कानून सबैलाई समान रूपमा लागू होस्

    राप्रपाले भन्यो – गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ, कानून सबैलाई समान रूपमा लागू होस्

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 735
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेको छ ।

    धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि छानबिनको माग गरेको हो ।



    ‘राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ । नागरिकता प्रकरणमा जुन ढंगबाट कैलाश सिरोहियामाथि छानबिन सुरू भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ,’ राप्रपाको निर्णयमा उल्लेख छ ।



    कानून सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्ने राप्रपाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार