Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • भ्रष्टाचारको आरोपमा श्रीलङ्काको एलपिएल टोलीका मालिक पक्राउ

    भ्रष्टाचारको आरोपमा श्रीलङ्काको एलपिएल टोलीका मालिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 462
    SHARES

    एजेन्सी । श्रीलङ्काको लङ्का प्रिमियर लिग (एलपिएल)को खेलाडी लिलामीको एक दिनपछि एक टोलीका विदेशी मालिकलाई भ्रष्टाचारको आशङ्कामा पक्राउ गरिएको छ ।

    दाम्बुला थन्डर्सका मालिक तथा बङ्गलादेशी मूलका बेलायती नागरिक तमिम रहमानलाई दुबईका लागि उडान भर्नुअघि श्रीलङ्काको मुख्य विमानस्थलमा रोकिएको हो।



    प्रहरी र अध्यागमन अधिकारीहरूका अनुसार उनलाई म्याच फिक्सिङको आशङ्कामा हिरासतमा राख्न अदालतको आदेशपछि पक्राउ गरिएको थियो ।



    रहमानलाई थप अनुसन्धानका लागि मे ३१ सम्म हिरासतमा राखिएको छ । म्याच फिक्सिङ र सट्टेबाजी गर्ने प्रयाससँग सम्बन्धित खेलकुद ऐनको दुई प्रावधानअन्तर्गत अनुसन्धान भइरहेको थियो ।

    खेलकुदमा भएको भ्रष्टाचार नियन्त्रण गर्ने विशेष प्रहरी एकाइले चार वर्षअघि सुरु भएको एलपिएल प्रतियोगिताका कुनै अधिकारीलाई पहिलो पटक पक्राउ गरेको हो ।

    खेलकुद ऐनअन्तर्गत दोषी ठहर भएकाहरूले सम्भावित ठूलो जरिवाना र १० वर्षसम्मको कारागार सजायको सामना गर्न सक्छन् ।

    मङ्गलबार रहमानको दाम्बुला टिमले २४ खेलाडी किन्नका लागि चार लाख ५० हजार डलर खर्च गरेको थियो ।

    यसमा विदेशी खेलाडी अफगानिस्तानका अलराउन्डर करिम जनात पनि थिए । उनको मूल्य ८० हजार डलर थियो ।

    पाँच टिम संलग्न एलपिएल प्रतियोगिता जुलाई १ देखि सुरु हुनेछ र जुलाई २१ मा फाइनल खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार