काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न निर्देशन दिएको छ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।
अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो ।
दरपीठविरुद्ध अधिवक्ता भट्टराईले मंगलवार नै निवेदन दिएका थिए । सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्ध कहीँ कतै उजुरी, अभियोग नरहेको भन्दै पत्र दिएको थियो ।
अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।
Leave a Reply