धनुषा। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चुडामन खड्काको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा लिएर अनुसन्धान गर्न आदेश दिएको हो ।
सिरोहियाले अब तीन दिन धनुषा प्रहरीको हिरासतमै बस्नुपर्ने छ । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो ।
तर जिल्ला न्यायाधीश खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सिरोहिया मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका थिए ।
नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा ल्याइएका थियो ।
सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।
Leave a Reply