Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • काभ्रेमा दम्पती मृत फेला, हत्याको आशंका

    काभ्रेमा दम्पती मृत फेला, हत्याको आशंका

    अनलाइन नेपाल
  • बुधबार, ९ जेष्ठ २०८१
  • 573
    SHARES

    फाइल तस्विर

    काभ्रे । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ ।

    महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको हो ।



    मानबहादुर घरको पसलमा तथा केकाइमाया भान्छा कोठामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



    टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त घरमा उनीहरु दुई जना मात्रै बस्दै आएका थिए ।

    ढोका खुल्ला रहेको अवस्थामा शव भेटिएको हो।

    घटनाबारे जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी फोक्सिङटार, इलाका प्रहरी कार्यालय देवीटारको टोलीले अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार