Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • सिङ्गापुर एयरलाइन्सको बोइङ विमान दुर्घटनामा एकको मृत्यु

    सिङ्गापुर एयरलाइन्सको बोइङ विमान दुर्घटनामा एकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 1.8K
    SHARES

    बैङ्कक । सिङ्गापुर एयरलाइन्सको बोइङ ७७७ को लन्डनबाट आउने विमानमा गम्भीर गडबडी भएर मङ्गलबार एक जनाको मृत्यु र ३० जना घाइते भएका छन् । त्यसपछि विमान बैङ्ककमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो ।

    सिङ्गापुुर जाँदै गरेको उडान एसक्यू३२१ ले स्थानीय समयानुसार दिउँसो ३ः४५ बजे अवतरण भएपछि थाई राजधानीको मुख्य विमानस्थलमा बत्ती र साइरनको आवाजका साथ आपत्कालीन सवारीहरू गुडेका थिए ।



    जनवरीमा अलास्का एयरलाइन्स ७३७ म्याक्सको फ्युसेलेज प्यानल उडाएपछि तथा सन् २०१८ र सन् २०१९ मा दुई घातक दुर्घटनापछि यो बोइङ विमानसँग सम्बन्धित पछिल्लो दुर्घटना हो ।



    सिङ्गापुर एयरलाइन्सले विमानले लन्डनको हिथ्रो विमानस्थलबाट उडान भरेको र मार्गमा ‘गम्भीर अशान्तिको सामना गर्नुपरेको’ बताएको छ ।

    ‘हामी पुष्टि गर्न सक्छौँ कि बोइङ ७७७–३०० इआरमा सवार यात्रुहरूलाई चोटपटक लागेको छ र एक जनाको मृत्यु भएको छ, विमानमा कूल दुई सय ११ यात्रु र चालक दलका १८ सदस्य सवार थिए,’ चोटपटकको प्रकृति र गम्भीरताबारे केही उल्लेख नगरी एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, ‘१८ जनालाई अस्पतालमा भर्ना गरिएको छ, अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।’

    ‘हाम्रा यात्रु र चालक दलका सदस्यहरूलाई यो उडानमा भोग्नुपरेको पीडादायी अनुभवका लागि हामी गहिरो माफी माग्दछौँ, हामी यस कठिन समयमा सबै आवश्यक सहायता प्रदान गरिरहेका छौँ,’ एयरलाइन्सले भनेको छ ।

    विमान अन्डमान सागरमाथि मात्र पाँच मिनेटमा एक हजार आठ सय मिटर ९६हजार फिट०देखि तल झरेको उडान ट्र्याकिङ डाटाबाट पत्ता लागेको छ । थाइल्यान्डमा वार्षिक वर्षाको मौसम जारी रहेकाले केही भागमा आँधी आएको बेला यो घटना भएको छ ।

    ‘दिउँसो ३ः३५ बजे विमानस्थललाई सिङ्गापुर एयरलाइन्सको उडानबाट सङ्कटपूर्ण कल प्राप्त भयो, कलमा विमानमा यात्रु अशान्तिका कारण घाइते भएको र आपत्कालीन अवतरणका लागि अनुरोध गरिएको थियो,’ सुवर्णभूमि विमानस्थलले विज्ञप्तिमा भनेको छ, ‘विमान विमानस्थलमा अवतरण भयो र सबै घाइतेको उपचारका लागि चिकित्सकीय टोली पठाइयो ।’

    विमानस्थलको विज्ञप्तिमा मृतक विदेशी अर्थात गैरथाई रहेको बताइएको छ । सिङ्गापुरका यातायातमन्त्री चि होङ ट्याटले फेसबुक पोस्टमा यस घटनाबाट ‘गहिरो दुःखी’ भएको र मृतकका परिवारप्रति समवेदना प्रकट गरेको बताए । रासस/एएफपी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार