Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बस्ती पसेको बाघ नियन्त्रणमा

    बस्ती पसेको बाघ नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 786
    SHARES

    फाइल फोटो

    चितवन, । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिका–२८ अन्द्रौलीको मकैबारीबाट बाघलाई आज नियन्त्रणमा लिइएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार अन्दाजी दुई वर्ष ६ महिनाको पोथी बाघलाई खोरमा पारेर नियन्त्रणमा लिइएको हो ।



    बाघले निकुञ्जबाट बाहिर निस्किएर दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको हो । डार्टको प्रयास असफल भएपछि खोरमा बाख्रा राखी बाघलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।



    प्रमुख संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जका पशु चिकित्सक, पाँच हात्ती, नेपाली सेना, कर्मचारी र स्थानीयको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको हो । बाघलाई अहिले सौराहामा राखिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार