Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रचण्ड क्याविनेटका सबैभन्दा ‘गरिब’ मन्त्री नारायणकाजी, कति छ सम्पत्ति ?

    प्रचण्ड क्याविनेटका सबैभन्दा ‘गरिब’ मन्त्री नारायणकाजी, कति छ सम्पत्ति ?

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित २३ मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मगलबार सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार २३ मन्त्रीमध्ये सबैभन्दा गरिब उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले देखिएका हुन् ।



    सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ । त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको उल्लेख छ ।



    सिंहदरबारस्थित रावा बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रूपैयाँ मौज्दात छ ।

    प्रधानमन्त्री समेत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि चढ्न दिएको महिन्द्रा गाडी आफूसँग रहेको उल्लेख गरेका छन् । यस्तै धनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार