Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 534
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु भएको बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।



    कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा उनीतर्फका कानुन व्यवसायीहरूले बहस सकेका छन् ।



    जसअनुसार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, शेरबहादुर केसी, विजय मिश्र, यदुनाथ खनाल लगायतले बहस गरेका थिए ।

    उनीहरूको बहसपछि आजै सरकारी पक्षबाट पनि बहस सुरु भएको छ। सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल नै बहसमा उत्रिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार