Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको सम्पत्ति २५ लाख नगद र ५ तोला सुन

    प्रधानमन्त्री प्रचण्डको सम्पत्ति २५ लाख नगद र ५ तोला सुन

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 474
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

    सरकारले आज मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।



    सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।



    प्रतिनिधिसभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री प्रचण्डले देखाएका छन्।

    प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।

    सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ ।

    यस्तै, स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको घर र जग्गा पैतृक सम्पत्ति भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

    यसबाहेक प्रचण्डसँग अन्य सम्पत्ति नरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार