Online Nepal
  • आइतबार, २० असोज २०८१
  • मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कति छ प्रचण्डको सम्पत्ति?

    मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कति छ प्रचण्डको सम्पत्ति?

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 564
    SHARES

    काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

    मं‌गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।



    सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डसँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ।



    यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ। उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ।

    त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ।

    प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ।

    उनले यो रूपैयाँ प्रतिनिधि सभा सदस्यको तलबभत्ता वापत आर्जन गरेको उल्लेख गरेका छन्। यसअघि जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार